अवरुद्ध भएको साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

नेपालखोज २०८२ साउन ३१ गते १४:०९

बाजुरा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका(४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो ।

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया