भारतका विदेश सचिव आइतबार आउँदै
नेपालखोज
२०८२ साउन ३१ गते १६:०४

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुगेका छन् ।
भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीसँग पनि भेट गर्नुहुनेछ । उनी सोमबार काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम छ ।
सम्बन्धित

प्रतिक्रिया