रवि लामिछानेलाई नख्खु कारागार लगियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागार लगिएको छ । रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट उनलनई कारागारतर्फ लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधनसमेत गर्न नदिइ नक्खु लगिएको हो ।
कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो ।
सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको जोशीले बताउनुभयो । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उहाँलाई जहाजमार्फत त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो ।
लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए । भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया