नेप्सेमा उच्च अंकले गिरावट, सात अर्ब ७३ करोडको शेयर किनबेच

नेपालखोज २०८२ भदौ १ गते १५:५९

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से २७ दशमलव १४ अंकले घटेर २७ सय ६१ दशमलव २२ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको ८६ हजार छ सय ६९ पटकको कारोबारमा दुई करोड पाँच लाख १३ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव एक अंकले घटेर १४ सय ३१ दशमलव ३४ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ३० दशमलव ३३ अंकले घटेर पाँच हजार ८२८ दशमलव ५९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सूचक पनि २३ दशमलव ४१ अंकले घटेर दुई हजार ४७८ दशमलव ४९ अंकमा झरेकोमा जलबिद्युत समुहको सूचक पनि २७ दशमलव ७५ अंकले घटेर तीन हजार ५७४ दशमलव ५२ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि ९३ दशमलव ६९ अंकले घटेर १२ हजार ९७८ दशमलव ५८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ८५ दशमलव छ अंकले घटेर १२ हजार तीन सय ४० दशमलव ६८ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा आरबीबी म्युचअल फण्ड १ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सम्पदा लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया