अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट
नेपालखोज
२०८२ भदौ १ गते १७:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पुष्पकमल दाहालसँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया