बुधबार, पुष ९, २०८२

नौं अंकले बढ्दा छ अर्ब १७ करोडको शेयर किनबेच

शेयर बजारमा सामान्य करेक्सन

नेपालखोज २०८२ भदौ २ गते १५:४९

काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) मा सामान्य करेक्सन देखिएको छ । अघिल्लो दिन २७ दशमलव १४ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार कारोबार दिन आज सोमबार भने नौं दशमलव १६ अंकले बढेर २७ सय ७० दशमलव ३९ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले बढेर चार सय ७५ दशमलव ३३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ६७ हजार नौं सय ५९ पटकको कारोबारमा एक करोड ५२ लाख २९ हजार आठ सय २१ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब १७ करोड ९८ लाख ५५ हजार दुई सय नौं रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा दुई वटा समुहको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । आज अन्य समुहको सुचक १५ दशमलव ४३ अंकले घटेर २६ सय नौं दशमलव ८८ अंकमा झरेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव १० अंकले घटेको छ । यि बाहेक वाणिजय बैंक समुहको सुचक भने दुई दशमलव ५३ अंकले बढेर १४ सय ३८ दशमलव ८७ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि १८ दशमलव ३३ अंकले बढेर पाँच हजार आठ सय ४६ दशमलव ९३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि दुई दशमलव २९ अंकले बढेर २४ सय ८० दशमलव ७८ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ७७ अंकले बढेर ३६ सय नौं दशमलव २९ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ६६ अंकले बढेर १३ हजार २१ दशमलव २५ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ४५ अंकले बढेर १२ हजार तीन सय ८८ दशमलव १३ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि क्रमशः १७ दशमलव १९, शुन्य दशमलव ४८, ३७ दशमलव ७५, पाँच दशमलव २० र ५३ दशमलव ३८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनियन हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सम्पदा लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया