दोर्दी खोलामा एक युवक बेपत्ता
नेपालखोज
२०८२ भदौ २ गते १८:३४

लमजुङ । यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् । लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए । अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया