उपसभामुख रानालाई हटाउन एमाले सांसदलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइयो

नेपालखोज २०८२ भदौ ३ गते ११:३०

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन नेकपा एमालेका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ ।

एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरुलाई बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।

कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ ।

उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

प्रतिक्रिया