प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने
नेपालखोज
२०८२ भदौ ३ गते १३:५६

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताएका हुन् । वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको उहाले बताए ।
अध्यक्ष दाहालले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे ।
प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पीत रहेको बताउनुभयो ।
सम्बन्धित

प्रतिक्रिया