नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता भएको छ ।
बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
याे सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा सोमबार बैककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतप्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका हुन ।








प्रतिक्रिया