गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेशविरुद्ध जसपा विद्यार्थी सङ्गठनद्वारा विरोध

नेपालखोज २०८२ भदौ ३ गते १९:२२

काठमाडाैं । गौर हत्याकाण्डका विषयमा अदालतले गरेको आदेशविरुद्ध जसपा नेपाल निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल निकट विद्यार्थी सङ्गठन काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

जनता विरोधी भूमि अध्यादेशमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष
उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएको उनीहरूको भनाइ छ । अध्यक्ष यादव पिछडिएका वर्गका अधिकारका लागि लड्दा उहाँलाइ सकाउने खेल भएको जसपा नेपालकी महासचिव रेखा यादवले बताए ।

महासचिव यादवले पहिचानवादीहरुलाइ अगाडी बढ्न नदिनको निमित्त सरकारले ल्याएको योजना रहेको आरेप लगाए । रेखा यादव, उपमहासचिव, जसपा नेपाल गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको हो ।

०६३ चैत ७ गते रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रतिक्रिया