सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ भदौ ४ गते १०:५३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तुलनामा १६०० रुपैयाँ घटेर १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित

प्रतिक्रिया