मोरङबाट दुई जना भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
नेपालखोज
२०८२ भदौ ४ गते ११:१४

काठमाडौं । प्रहरीले मोरङको रङ्गेली नगरपालिका-५ स्थित चाँदनी चोकबाट दुई जना भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।
सम्बन्धित

प्रतिक्रिया