चट्याङबाट मृत्यु भएका ब्लोन परिवारलाई एक लाख सहयोग गर्ने
नेपालखोज
२०८२ भदौ ५ गते ७:२९

बाग्मती । बाग्मती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मकवानपुरको मनहरी गाउँपालिका–६ दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई रु एक लाख आर्थिक सहायता उपल्बध गराउने भएको छ ।
मनहरी गाउँपालिका–६ हाङलाङस्थित पालबहादुर घलानको घरमा आएका ब्लोनको मङ्गलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चट्याङ ब्लोन परिवारलाई प्रदेश विपद् कोषबाट रु एक लाख आर्थिक सहायता उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन प्रदेशका प्रमुख सचिव भूपाल बराललाई निर्देशन दिइएको बताए ।
यस्तै, चट्याङ लागेर घाइते भएकाहरूको सहज उपचारका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको उनको भनाइ छ । -रासस
सम्बन्धित

प्रतिक्रिया