सर्वसाधारणले समेत किन्न मिल्ने गरी सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा
नेपालखोज
२०८२ भदौ ५ गते १०:५१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहीबारबाट देखि संस्थापक शेयरधनीका नाममा रहेको १३ लाख ४७ हजार ५८८ कित्ता शेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा रहेको शेयरमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने छन् । शेयर खरिद गर्नेले काठमाडौंको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुर्नेछ ।
गत असार ३० गतेदेखि ३५ दिनसम्म उक्त शेयर संस्थापक शेयरधनीका लागि बिक्रीका लागि रखिएको थियो । याे समयमा संस्थापकले खरिद नगरेपछि उक्त शेयर सर्वसाधारणलाई समेत खरिद गर्न मिल्ने गरेर बिक्रीमा राखिएको हो ।
सम्बन्धित

प्रतिक्रिया