मधेस प्रदेशसभाको छैटौँ अधिवेशन भदौ १२ देखि

नेपालखोज २०८२ भदौ ५ गते २२:०७

जनकपुर । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट भदौ ५ गते बसेको प्रदेश सरकारको बैठकको निर्णयअनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन् ।

मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०५/०४ गतेको बैठकबाट प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘प्रदेश प्रमुखबाट विसं २०८२/०५/१२ गते बिहीबार दिनको १ बजेदेखि मधेस प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया