पहिरोले महाकाली राजमार्ग पुन: अवरुद्ध

खलङ्गा (दार्चुला) पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ । जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको हो ।
पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएको छैन ।
वर्षासँगै ढुङ्गामाटो खस्नेक्रम नरोकिएपछि जीपलाई निकाल्न समस्या भएको रावतले बताउनुभयो । सडक विभागको उपकरणले पहिरो नजिक छन् । वर्षा नरोकिएपछि काठमाडाैं र महेन्दनगरबाट आएका बस पनेवाजमा रोकिएका छन् ।
जिल्ला सदरमुकाम खलङ्गाबाट आएका सवारी साधनसमेत बाटोमै रोकिएका छन् । उक्त क्षेत्रमा अहिले बेलाबेला सडक अबरुद्ध हुने गरेको छ । यसका कारणले यात्रुले सास्तीभोग्न बाध्य भएका छन् । -रासस

प्रतिक्रिया