प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना

नेपालखोज २०८२ भदौ ७ गते १०:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सवैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी गराए ।

‘बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो । कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ’, प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ, ‘बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।’

प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बित्नुभएको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताए ।

प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताए । ‘बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो’, प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

प्रतिक्रिया