दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी

काठमाडौं । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।
‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै आएको छ । अभियानअन्तर्गत आजको श्रृङ्खलामा उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहित सयौँको सङ्ख्यामा नेपाल प्रहरी सफाइमा सहभागी भएका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विश्वका करोडौँ हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र र पर्यटकहरूको आकर्षक गन्तव्यका रुपमा रहेको पशुपतिनाथ क्षेत्र सधैँ सफा राख्नुपर्नेमा जोड दिए । यसका लागि अभियान सुरु गरेकामा मैनादेवी फाउन्डेसन र सहयोगी सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाल प्रहरी, क्रिएसन नेपाल, फाउण्डेसनका स्वयम्सेवकलगायतको सहभागिता थियो । त्यस क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर सङकलन भएको अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया