न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त
नेपालखोज
२०८२ भदौ ७ गते १७:५७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक न्यायको आवाजलाई बुलन्द बनाउने भन्दै नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोड्न आह्वान गरेका छन् ।
आज यहाँ आयोजित साहित्य सन्ध्या वार्षिक पुरस्कार तथा सम्मान अर्पण समारोहमा उनले विश्वमै आर्थिक स्वार्थले न्यायको आवाज दबाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
मन्त्री पन्तले विश्वमा भइरहेको अन्यायविरुद्धको आवाजलाई साहित्यका विभिन्न विधामार्फत उतार्न सकिने भन्दै नयाँ पुस्तालाई सिर्जनशील अभियानमा जोड्नुपर्ने आवश्यकता औंल्याए ।
पछिल्लो समय मानविकी सङ्कायमा विद्यार्थीको घट्दो आकर्षणबारे चर्चा गर्दै मन्त्री पन्तले शिक्षालाई कसरी सीपमूलक, प्रविधिमैत्री र उत्पादनमूलक बनाउन सकिन्छ भन्नेमा सरकार केन्द्रित भएको बताए ।
सम्बन्धित

प्रतिक्रिया