बिहीबार, पुष ३, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपालखोज २०८२ भदौ ८ गते १५:१०

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय २० मिलिग्राम सहित मोरङ रंगेली नगरपालिका–३ घर भएका ३१ वर्षीय आषिश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले को।३१ प ९९८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४८ ग्राम र नगद ७६ हजार १ सय रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामधुनी नगरपालिका–६ घर भएका २८ वर्षीय विप्लब चौधरी र इलाम फाकफोकथुम गाउँपालिका–६ घर भएकी २७ वर्षीया सुस्मा राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१० पाथिभरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम र नगद २ हजार ९ सय २० रूपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संन्दिप लिम्बु र २४ वर्षीय अर्जुन सुब्बा रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–५ शुभ बिहानी टोल बस्ने ३३ वर्षीय सुरज गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र।१–०१–०१२ प १०४६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित सोही नगरपालिका–९ बस्ने २३ वर्षीय दिवाकर सिंह पन्त समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ३६ एडी ५५६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित उदयपुर कटारी नगरपालिका–२ खोक्सा टोल बस्ने २८ वर्षीय चेत बहादुर पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनाबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–११ श्रीरामटोल बस्ने ३७ वर्षीय अमग राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय रमेश साहानीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित सोही नगरपालिका–१३ बस्ने २३ वर्षीय मोतिराम बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडी र इलाका प्रहरी कार्यालय कोहलपुबाट खटिएको प्रहरीले भे।९ प ७१९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गाबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३५ ट्याब्लेट सहित सोही महानगरपालिका–११ फुलवारी बस्ने ३० वर्षीय अर्जुन शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दीको वेनी नगरपालिका–२ हाडेभिरस्थित सडकमा खवराबाट वेनीतर्फ आउँदै गरेको ध.२प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने किशोर परियारको छोरा ५ वर्षीय केविन परियारको मृत्यु भएको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित सडकमा बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र बा।प्र।०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई ना.७ ख ५०१० नम्बरको बसमा समेत ठक्कर खाएर शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार पर्सा वीरगंज महानगरपालिका–१३ मुर्ली बस्ने ४३ वर्षीया कविता जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.प्र. ०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–७ मुसहरी टोलस्थित सडकमा देउरीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको अन टेष्ट लेखिएको ईरिक्साको ठक्करबाट भारत बिहार मधुवनी ग्राम पंचायत निन्दरपुर घर भएका राज कुमार सदायको छोरा ५ वर्षीय आरजे सदायको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ईरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको गढवा गाउँपालिका–१ धोर्देस्थित सडकमा ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान ऐरावती गाउँपालिका–५ बस्ने २० वर्षीय सुशिल थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया