ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण
नेपालखोज
२०८२ भदौ ८ गते १९:०५

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।
विजेता कुवेरा कन्स्ट्रक्सन प्रा. लि. लाई ८ भदौ २०८२, आइतबार एलएएक्सपिरेन्स २०२५” को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरेको जानकारी दिएको छ ।
दशैं-तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।
ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया