‘पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ’

नेपालखोज २०८२ भदौ ८ गते २२:०१

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, सम्वर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको उल्लेख गरेका छन् ।

नेपाल पानी सदुपयोग फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्सङ्ग कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्नसक्ने बताए ।

पानी एक प्राकृतिक स्रोत मात्र नभइ मानव सभ्यता र प्रकृतिको निरन्तरतासँग सम्बन्धित जीवनदायिनी तत्वका रूपमा रहेकाले यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रधानन्यायाधिश राउतले मानव जीवनको दिगोपन, प्राकृतिक सन्तुलन र समृद्धिको मूल आधारको रूपमा पानीलाई लिनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया