राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबिच भेटवार्ता
नेपालखोज
२०८२ भदौ ९ गते ११:४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबिच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति सुआन सोमबार बिहान शीतलनिवास पुगेकी हुन् ।
उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।
सम्बन्धित

प्रतिक्रिया