पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
नेपालखोज
२०८२ भदौ ९ गते १९:३७

मलेखु (धादिङ) । यहाँको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ । सडक खुलाउन प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया