बर्दियाको फुलराम चोकबाट चाईजिन ईलेक्ट्रिकल भेप बरामद
नेपालखोज
२०८२ भदौ ९ गते २०:३१

काठमाडौं । जिल्लाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट भाद्र ९ गते राती करीव १ बजे सशस्त्र प्रहरीले करीव ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए । बरामद भेप आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।
सम्बन्धित








प्रतिक्रिया