प्रदेश प्रमुख देवकोटाद्वारा हरितालिका तीजको शुभकामना

नेपालखोज २०८२ भदौ १० गते १०:५८

बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज पर्व मनाउनुपर्ने बताएका छन् ।

हरितालिका तीज २०८२ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले पछिल्लो समय देखापरेको भड्किलो र देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज मनाउन आग्रह गरे ।

सन्देशमा भनिएको छ, ‘तीज पर्वले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पुग्ने छ ।’

पर्वले सबैको जीवनमा हर्ष, उत्साह र उमङ्ग भर्न सकोस् भने शुभकामना दिँदै उनले मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वको ठूलो भूमिका रहेको चर्चा गरे ।

प्रतिक्रिया