सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०८२ भदौ १० गते ११:२५

काठमाडौं । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा एक हजार ५०० र चाँदीमा पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ ।

सोमबार एक तोला सुन एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो ।

प्रतिक्रिया