‘तीजपर्व लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताएकी छन् ।
हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उनले जारी गरेका शुभकामना सन्देशमा सबै दिदीबहिनीहरूलई शुभकामना व्यक्त गर्दै तीजले सामाजिक-सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिन् । उनले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्छ भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरिन् । उनले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएको छ भनिन् ।
उनले तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने बताइन्।

प्रतिक्रिया