जलविनायकमा गणेश चतुर्थी मेला
नेपालखोज
२०८२ भदौ ११ गते ९:४९

काठमाडौं । काठमाडौं उपत्यकामा विशेष महत्वका साथ पूजार्चना गरिने चार विनायकमध्येका एक चोभार जलविनायकमा आज गणेश चतुर्थीको मेला लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो स्थानमा लाग्ने मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आएका छन् ।
विघ्नबाधा हटाउने भगवान् गणेशको जन्मदिनका रूपमा आज भक्तजनले तलाउ, कुण्डमा स्नान गरी गणेशको दर्शन गरेर व्रत बस्ने प्रचलन छ । हिन्दू धर्मावलम्बीले गणेश चतुर्थीलाई गणेश चौँथी पनि भन्ने गरेका छन् ।
गणेश चतुर्थीका दिन गणेशको व्रत, पूजाआराधना तथा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सुखशान्ति हुने जनविश्वास छ । आजै गणेशको रथयात्रा पनि हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया