ऊर्जा क्षेत्रलाई रोजगारी र लगानीको मुख्य आधार बनाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
आज ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को आयोजनामा भएको पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा दाहालले ऊर्जा क्षेत्रमा रहेको दीर्घकालीन सम्भावनाको पूर्ण उपयोग नगर्दा राष्ट्रले अपेक्षित लाभ लिन नसकेको बताए ।
दाहालले अब यस क्षेत्रलाई समृद्धिको मुख्य आधार बनाउन आवश्यक रहेकामा जोड दिए ।
नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा क्षेत्रमा नियामक, सञ्चालक र विकासकर्ता एउटै संस्थामा सीमित रहनु समस्या भएको बताए ।
यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई राष्ट्र विकासको प्रमुख आधार मान्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर नीतिगत रूपमा अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया