जुवा तास खेल्ने र खेलाउने गरेको अभियोगमा नौजना पक्राउ

नेपालखोज २०८२ भदौ ११ गते २०:२०

काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका-४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौं महानगरपालिका-२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका-१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौं महानगरपालिका-१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौं महानगरपालिका-३१ का ५४ वर्षीय गोपाल तण्डुकार, रामेछाप, शैलुङ दोरम्बा गाउँपालिका-७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौं महानगरपालिका-२४ का ५० वर्षीय सानुकाजी महर्जन तथा काठमाडौँ महानगरपालिका-१८ का ४५ वर्षीय राजु नापित रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रवक्ता बोहराले बताए ।

प्रतिक्रिया