बिहीबार, पुष १०, २०८२

किएभमा भएको रूसी आक्रमणमा आठ जनाको मृत्यु

नेपालखोज २०८२ भदौ १२ गते १६:३१

युक्रेन । युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिएपनि रूसले युक्रेनी सहरहरूमा आक्रमण गरिरहेको छ ।

आपतकालीन सेवाका कर्मचारीहरूले सडकबाट भग्नावशेष सफा गरिरहेको एएफपीले जनाएको छ । आक्रमणले एउटा अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको तस्विर जेलेन्स्कीले पोस्ट गरेका थिए । यसैविच जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई नयाँ प्रतिबन्धहरूसहित कडा प्रतिक्रिया जनाउन आह्वान गरेका छन् ।

युद्धको सुरुमा किएभ रूसी आक्रमणबाट अपेक्षाकृत रूपमा सुरक्षित भएपनि पछिल्लो समयमा मस्कोले ड्रोन र मिसाइलहरू प्रहार गर्दा घातक आक्रमणको सिकार भएको छ । गत महिना आक्रमणमा पाँच बालबालिका सहित ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

मस्कोले आवासीय भवनहरूलाई लक्षित गरी ब्यालेस्टिक र क्रुज मिसाइलका साथै इरानीे साहेद ड्रोनहरू प्रहार गरेको उनले बताएका छन् । क्रेमलिनले जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको द्रूत बैठकको सम्भावनालाई अस्वीकार गरेको एक दिन पछि यो आक्रमण भएको हो ।

प्रतिक्रिया