जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
नेपालखोज
२०८२ भदौ १२ गते १७:१८

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ५२५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया