राष्ट्रियसभा बैठक बस्दै

नेपालखोज २०८२ भदौ १३ गते ७:११

काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्ने भएको छ ।

बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन् ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सचिवालयका अनुसार बैठकको सुरुवात अर्थ मन्त्रालय विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ । उनले सम्बन्धित मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया