सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा

नेपालखोज २०८२ भदौ १३ गते १९:२८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने बताएका छन् ।

कवि एवं गीतकार बिसुकुमार केसीको ‘पागल हुन कहाँ सजिलो छ र’ शीर्षक कविता सङ्ग्रहको आज यहाँ लोकार्पण गर्दै उनले कविता लेखन सजिलो कर्म नभई त्यसका लागि गहिरो र गाह्रो साधना आवश्यक पर्ने विचार प्रकट गरे ।

समाजलाई सही दिशातर्फ सचेत गराउन चोटिलो र धारिलो भए पनि सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खदिलो तुल्याएको उनको भनाइ थियो ।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिले देशलाई विश्वमा चिनाउने भएकाले राज्यले यो विधालाई सोही दृष्टिबाट हेर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया