माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभाशं वितरण गर्ने
नेपालखोज
२०८२ भदौ १४ गते १४:१८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आठ प्रतिशत लाभाँश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही भदौ १३ गते बसेको संचालक समिति बैंठकले गत आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको आठ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना शेयरधनिलाई चार प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर गरी जम्मा आठ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
सम्बन्धित








प्रतिक्रिया