मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री पौडेल

नेपालखोज २०८२ भदौ १४ गते १७:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे ।

उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई/चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया