कानुन, नीतिनियम पालना तथा कार्यान्वयनमा सक्रिय भएर लाग्न नगरप्रहरीलाई मयर बालेनकाे निर्देशन

नेपालखोज २०८२ भदौ १४ गते १७:४९

काठमाडाैं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई निर्देशन दिएका छन् ।

३३औं महानगर प्रहरी दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नगर प्रमुख साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न निर्देशन दिएका हुन् ।

अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको उहाले प्रसंसा गरे ।

त्यस्तै उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन् । नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्ने उहाले बताइन् ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने, विपद् र सवारी व्यवस्थापन गर्दै आएको बताए । विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन् ।

प्रतिक्रिया