लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबीचको सहमतिमा प्रधानमन्त्री जनाए आपत्ति
नेपालखोज
२०८२ भदौ १४ गते १८:४९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबीचको सहमतिमा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा सो सहमतिमा आपत्ति जनाएका जनाइएकाे छ ।
दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो ।
उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।
सम्बन्धित

प्रतिक्रिया