लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

नेपालखोज २०८२ भदौ १४ गते २१:०८

काठमाडाैं । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ । उनकाे उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको हाे ।

एमालेको समानुपातिकबाट रूकुम पूर्वबाट निर्वाचित पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।

प्रतिक्रिया