राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष
नेपालखोज
२०८२ भदौ १५ गते १३:०६

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाखको अक्षयकोष स्थापना भएको छ ।
मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो । अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् ।
प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । यसअघि कोषमा १६ लाख मौज्दात थियो ।
सम्बन्धित








प्रतिक्रिया