लक्ष्मी सनराइज क्यापिटलद्वारा संचालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्व रकम संकलन

नेपालखोज २०८२ भदौ १६ गते १०:५०

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको यस लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित एक अर्ब रकम संकलन गर्न सफल भएको जानकारी दिएको छ ।

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलबिद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पुर्याउनुु यस फण्डको मुख्य उद्देश्य हो ।

यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र हामीप्रति जनाएका विश्वसनियताका लागि सम्पूर्ण लगानीकर्ताहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । कम्पनीले भनेको छ ।

प्रतिक्रिया