सुनको मूल्य तोलामा २ लाख ५ हजार नाघ्यो
नेपालखोज
२०८२ भदौ १६ गते ११:१०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ५ हजार रुपैयाँ बढेर २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।
सम्बन्धित

प्रतिक्रिया