कजारियाले गर्याे काठमाडौंको जोरपाटीमा नयाँ शोरूमको उद्धघाटन

नेपालखोज २०८२ भदौ १६ गते १५:३४

काठमाडौं । प्रतिष्ठित टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ । जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस भव्य उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्यसन्तोष चालिसेको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो । कार्यक्रमलाई कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको गरिमामय उपस्थितिले अझ थप भव्य र पूर्ण बनाएको थियो । यस अवसरमा मुख्य अतिथिले रिबन काटेर यो महत्वपूर्ण विस्तारको औपचारिक सुरुवात गरे ।

यस अवसरमा बोल्दै, ‘यो सुरुवात केवल एउटा व्यवसायिक उद्घघाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो । कजारियाको उपस्थिति यहाको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ,’ संघीय सांसद चालिसेले उत्साहका साथ व्यक्त गरे ।

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले अवसरमा बोल्दै, कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए ।

काठमाडौंको जोरपाटीमा अवस्थित, यस नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ ।

यो विस्तारले गुणस्तर र डिजाइनप्रतिको काजरियाको निरन्तर प्रतिबद्धता झल्काउँछ र नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा यसको स्थानलाई अझ सुदृढ बनाउँछ । यस शोरूमको सुरुवातले नेपालभर उच्च गुणस्तरका टाइलहरू सहज रूपमा उपलब्ध गराउने कजारियाको मिशनलाई अगाडि बढाउँदै एक महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित गरेको छ ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

प्रतिक्रिया