बिहीबार, मंसिर २५, २०८२

ट्रिप टर्बोले सुरु गर्‍याे ‘ट्राभल मेला २०२५’, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव बैंकक फ्लाईट

नेपालखोज २०८२ भदौ १६ गते २१:१३

ललितपुर । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ, जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ । यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।

“ट्राभल मेला २०२५ मार्फत हाम्रो उदेश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाई भन्छन् । “विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौं ।”

ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् । अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात÷२ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ ( क्ग्ए), फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरु धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।

यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५०% सम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा रु. ६,५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा रु. ३०० सम्म छुट पाउन सकिन्छ ।

प्रतिक्रिया