लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

काठमाडौं । बात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा सहभागी टोलीमध्येको एक लुम्बिनी लाभाजसँग केएल दुगड ग्रुपले मुख्य प्रायोजकको रूपमा सहकार्य गर्ने भएको छ ।
एभरेस्ट स्पोटर्स म्यानेजमेन्टअन्तर्गतको लुम्बिनी लाभाजले मुख्य प्रायोजकका रूपमा दुगड ग्रुपसँग सम्झौता गरेको हो । सम्झौतासँगै अब टोलीको जर्सी, मिडिया र सामाजिक सञ्जालमा केएल दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी लाभाजको मुख्य प्रायोजकको रूपमा उल्लेख गरिने क्लबले जनाएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा केएल दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताइन् । उनले महिला खेलाडीलाई अगाडि बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न आफ्नो समूह सधैं तयार रहेको उल्लेख गरिन् ।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सशक्त संयोजनमा प्रतियोगिताका लागि बलियो टिम तयार गरेको क्लबले जनाएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया