लेखजंग थापाले भने- मेरो पारिवारिक जीवन गैरकानूनी छैन

नेपालखोज २०८२ भदौ १७ गते १२:०६

काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेको विवादमा मुख खोलेका छन् ।

थापाले सम्बन्धविच्छेद भएकी पत्नीबाट जन्मिएको एक सन्तान रहेको र उसको भविष्यलाई ध्यानमा राख्दै दुवै अभिभावकले सौहार्दपूर्ण सम्बन्ध कायम गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘मसँग सम्बन्धविच्छेद भएकी श्रीमतीसँग सन्तान छ, र उसको पालनपोषणका लागि हामीले साझा जिम्मेवारी लिएका छौं । यसलाई समस्या वा गैरकानूनी भनेर व्याख्या गर्नु गलत हो ।’

‘प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण । म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला । तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो । त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ’, उनले भनेका छन् ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने आफूलाई नलाग्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया