प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण
नेपालखोज
२०८२ भदौ १७ गते १७:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले गत भदौ १५ गते अविरल वर्षाका कारण जाजरकोटको छेडागाड नगरपालिका-१ स्थित पहिरो गई प्रभावित भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरे ।
सांसद शर्माले कर्णाली राजमार्गको जुम्ला-सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लाको स्याउ बोकेका २० ट्रक बाटोमै थन्किएका भन्दै तत्काल सडक खुलाउनसमेत ध्यानार्कषण गराए । उनले जुम्लाको स्याउको बजार व्यवस्थापनका लागि सुझावसमेत दिए ।
सम्बन्धित

प्रतिक्रिया