एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
नेपालखोज
२०८२ भदौ १८ गते १०:३९

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया